डडेल्धुरामा टिपर पल्टिँदा धादिङका दुई युवकको गयो ज्यान, दुई जना घाइते


२३ बैशाख २०८१, आईतवार
sarlahi

डडेल्धुरा । डडेल्धुराको नवदुर्गामा टिपर पल्टिँदा दुई युवाको ज्यान गएको छ । दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् । नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिपर गए राति करिब ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा टिपर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र धादिङकै रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो । दुर्घटनामा धादिङकै ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ सिरुडाका २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।बेलापुरबाटसिरुडास्थित रामजाने कन्ट्रक्सनको क्याम्पतर्फ जाँदै गरेको टिपर सिरुडास्थित भित्री सडकमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुने र घाइते हुने युवक टिपरका मजदुर हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७