चीनले अनुदानमा दिएको खोप बेइजिङमै थन्कियो


४ चैत्र २०७७, बुधबार
korona khop 2

काठमाडौं, ४ चैत । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बैइजिङमै थन्किएको छ ।

चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफै ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो ।

त्यसपछि माघ २३ मा चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग् टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फागुन १७ मा ट्वीट गर्दै थप ३ लाख डोज दिने जनाएकी थिइन् ।

चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो । तर आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७