रोनाल्डो बिनानै रियल म्याड्रिडले लेगानेसलार्इ हरायो


१० फाल्गुन २०७४, बिहीबार
real madrid

लेगानेस, १० फागुन ।  गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले तालिकाको बाह्रौं स्थानमा रहेको लेगानेसलाई ३-१ ले हराएको छ । यस खेलमा रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो।real madrid

खेलको छैटौं मिनेटमा कर्नरमा पाएको अवसर घरेलु टोली लेगानेसले सदुपयोग गर्दै खेलमा अग्रता लिन सफल भएको थियो । घरेलु टोलीका लागि उनाइ बस्टिन्जाले गोल गरेका थिए । तर सो गोलपश्चात रियलले खेल पुरै उल्टाउन सफल रह्यो ।

बक्सभित्र पाएको अवसरलाई लुकास भाजक्वेजले परिणत गर्दै रियललाई एघारौं मिनेटमा खेलमा फर्काएका थिए । त्यस्तै २९ औं मिनेटमा कासमिरोले पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको अन्तिम समयतिर पाएको पेनाल्टीलाई सर्जियो रामोसले परिणत गर्दै टोलीको जित सुनिश्चित गरे । यस जितसँगै रियलको २४ खेलमा ४८ अंक रहेको छ र तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।

पहिलो स्थानमा रहेको बार्सिलोनाको ६२ अंक रहेको छ भने उत्तिकै खेलमा दोस्रोमा रहेको एट्लेटिको म्याड्रिडको ५५ अंक रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७