टिममा नपरेपछि क्रिकेटरले गरे आत्महत्या


१० फाल्गुन २०७४, बिहीबार
crecket
Cricket bat and ball on green grass of cricket pitch

काठमाण्डौं, १० फागुन : पाकिस्तानका पूर्व क्रिकेटर आमिर हनिफका छोराले आत्महत्या गरेका छन् । यू–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि मोहम्मद जरयाबले आत्महत्या गरेका हुन् । उमेर बढी भएको भन्दै युथ–१९ टिममा समावेश गर्न अस्वीकार गरेपछि उनले आत्महत्या गरेको पाकिस्तानी समाचार संस्था जियो न्युजले जनाएको छ।

crecket
मोहम्मद जरयाब कलेजमा प्रथम वर्षका छात्र थिए । जरयाबले जनवरीमा लाहोरमा भएको यू–१९ प्रतियोगितामा कराचीबाट प्रतिनिधित्व गरेका थिए । त्यहाँ उनलाई चोट लागेपछि घर पठाइएको थियो । उनले त्यतिबेला आफूलाई एक्लै घर पठाउने निर्णयको विरोध गरेका थिए। यसपछि उनलाई पुनः टिममा समावेश गर्ने आश्वासन दिइएको थियो । एजेन्सी

Cricketer 3ydiO6CQHR

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७