गोर्खाज फाइनान्सकाे ग्राहकलाई बिभान्ता डेन्टल हस्पिटलमा विशेष छुट


३१ चैत्र २०७७, मंगलवार
gurkhas finance with vivanta hospital aggremaent scaled

काठमाडौं, ३० चैत। गोर्खाज फाइनान्स लिमिटेडका ग्राहकलाई बिभान्ता डेन्टल हस्पिटलमा १३ प्रतिशत छुट हुने भएको छ ।
गोर्खाज फाइनान्स लिमिटेडको ग्राहकले बिभान्ता डेन्टल हस्पिटलमा सेवा लिए बापत १३ प्रतिशत र गोर्खाज फाइनान्सको कर्मचारीलाई १५ प्रतिशत छुट दिने भएको हो ।


गोर्खा फाइनान्स लिमिटेडको व्यापार प्रबर्द्धन प्रमुख सुनिता राई र बिभान्ता डेन्टल हस्पिटलको संचालक अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.सिता निउरे भट्टले एक कार्यक्रम बिच सम्झौतामा हस्ताक्षर गरे । गोर्खाज फाइनान्सको ग्राहकले कमलपोखरीमा रहेको बिभान्ता डेन्टल हस्पिटलमा गएर सेवा लिन सक्ने छन् । अत्याधुनिक प्रविधिबाट मुख तथा दन्त सम्बन्धी उपचार दिँदै आइरहेको छ ।

फाइनान्सको देश भरी सातै प्रदेशमा २३ वटा शाखा कार्यालय रहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, रहेका छन् । फाइनान्सले निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ । फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्यका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७