महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा


११ फाल्गुन २०७४, शुक्रबार
criket 1
????????????????????????????????????

सीताराम ओझा
धनगढी फागुन ११, धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । सेमीफाईनलमा पुग्ने अन्तिम टोलीको आजको खेलले टुङगो लागेसंगै सेमीफाईनल समिकरण पुरा भएको हो । शुक्रवार भएको पहिलो खेलमा पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल माथि ९८ रनको सानदार जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो । शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि १२ रनको जित हात पारेको छ ।

criket 1

शुक्रवारको पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गर्दै समुह उपविजेता वन्दै सेमिफाईनल पुगेको छ । टस जितेर व्याटिङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १ सय ३४ रन बनायो । पुर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिइन् ।
तेश्रो विकेटका लागी क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेकी थिईन् । मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १-१ विकेट लिइन् ।
१ सय ३५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउदै ३६ रनमै समेटियो । मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन् । उस्का लागि सिता मगरले ६ तथा शान्ति खत्री र श्रृष्टी डाँगीले समान ४-४ रन बनाए । मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले समान २÷२ विकेट लिईन् । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भइन् ।
शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चल सुदुरपश्चिममाथि १२ रनको जित निकाल्दै समुह विजेता वनेर अन्तिम चारमा पुगेको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । मध्यमाञ्चलका लागि सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४÷१४ रनको योगदान दिइन् । दोश्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चलको सम्मानजनक योगफल पुराईन् । सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुवर र लक्ष्मी साउदले समान १-१ विकेट लिईन् ।
१ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवातका वावजुत हार व्यहोर्न परेको हो । सुदुरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउनसक्यो । सुदुरपश्चिमका लागी सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेकी थिईन् । कविताले २२ रन बनाईन् भने कप्तान मञ्जुले ८ रन बनाईन् । बलिङमा उत्कृष्ट प्रदर्शन गरेर तेश्रो नम्वरमा व्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहदै ३९ रन वनाए पनि आफ्नो टिमलाई जिताउन सकिनन् । नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भइन् ।
भोली हुने सेमिफाईनलमा मध्यमाञ्चलले समुह ए को विजेता बन्दै समुह वि को उप विजेता पुर्वाञ्चलसँग् फाईनल प्रदेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ । समुह ए को उपविजेता सुदुरपश्चिमलले समुह वीको विजेता विभागीय टोली एपीएफसँग फाईनल प्रवेशका लागि खेल्नेछ । सेमीफाईनलका दुवै खेल शनिवार फाप्ला क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७