केन्याका कप्तान र प्रशिक्षकले दिए राजीनामा  


१२ फाल्गुन २०७४, शनिबार
kenya criket

काठमाडौं, १२ फागुन ।  केन्याली क्रिकेट टिमका कप्तान र प्रशिक्षकले राजीनामा दिएका छन ।विश्व क्रिकेट लिग डिभिजन टूू मा खराब प्रदर्शन गर्दै डिभिजन थ्रीमा झरेपछि  कप्तान राकिप पटेलसँगै प्रशिक्षक थोमस ओडोयो र केन्या क्रिकेट बोर्डकी अध्यक्ष ज्याकी जनमोहम्मदले पद छोडेका हुन् ।kenya criket

हालै नामिवियामा ६ टिम सहभागी  डिभिजन टू मा एक खेलमा पनि जित हात पार्न नसकेपछि केन्या तालिकाको पुछारमा रहँदै केन्या डिभिजन थ्रीमा घटुवा भएको थियो ।

गत मंसिरमा डिभिजन वानमा रहेको केन्या दुई महिनाको अन्तरमा डिभिजन थ्रीमा झरेको हो । डिभिजन ट ूमा केन्या युएईसँग २ सय १८ रनको भारी अन्तरले पराजित भएको थियो भने क्यानडासँग ५९ रनले, नेपालसँग ३ विकेटले, नामिवियासँग ८ विकेटले र ओमानसँग २ विकेटले पराजित भएको थियो ।

केन्याले सन् १९९६ को विश्वकप खेल्दा महत्वपूर्ण सदस्य रहिसकेका प्रशिक्षक ओडोयोले एक साता लामो नामिबिया भ्रमणले आफूमाथि नैतिक दवाब सिजर्ना भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले खराब प्रदर्शनको रेकर्ड तोडेका छौं ।

केन्याको प्रदर्शनमा सुधार ल्याउनका लागि एउटा राम्रो सेट आउनु पर्नेछ ।’ ओडोयोले भने । क्रिकेट बोर्डको पहिलो महिला अध्यक्ष जनमोहम्मदले भनिन्, ‘राष्टिय टिमको यो प्रदर्शनको जिम्मा लिएको छु ।’ जनमोहम्मदले केन्या क्रिकेट बोर्डले नयाँ निर्वाचनमा गएर आगामी नेतृत्वको चयन हुने बताइन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७