प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, सभामुख र कांग्रेस सभापति नजाने


२४ बैशाख २०७८, शुक्रबार
deuwa agni

काठमाडौं, २४ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् ।

तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।

तर, सभामुख अग्निप्रसाद सापकोटा वैठकमा भने नजाने भएका छन् । ‘यो प्रक्रिया र अध्यादेशविरुद्ध उहाँ अदालत जानु भएको हो । मुद्दा विचाराधीन अवस्थामा भएकाले बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर पौडेलले भने ।

विश्वासको मत लिने अघिल्लो दिन बैठक बोलाए पनि कांग्रेस सभापति शेरबहादुर देउवा पनि अनुपस्थित हुने भएका छन् । कांग्रेस सभापति देउवा समेत सो बैठकमा नजाने उनका स्वकीय सचिवालयका भानु देउवाले जानकारी दिए । अघिल्ला दुईवटा बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थिति भएका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७