कोरोनाबाट विराटनगरमा थप नौं जनाको गयो ज्यान


२ जेष्ठ २०७८, आईतवार
koshi hospital

विराटनगर, २ जेठ । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा थप नौं जनाको ज्यान गएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा शनिबार रातिदेखि आइतबार बिहानसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर–१ की ३४ वर्षीया महिला, विराटनगर–१४ का ६८ वर्षीय पुरुष, सुनवर्षी–३ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । यस्तै विराटनगर महानगर–४ का ५२ वर्षीय पुरुष, सुन्दरहरैंचा–९ की ६० वर्षीया महिला, सिरहाको सिरहा नगरपालिका–६ का ६२ वर्षीय पुरुष र सिरहा–७ का ६९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यस्तै इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाहीको लालबन्दी–१ की ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इञ्चार्ज डा. सुनील देवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७