कोरोनाबाट वीरगञ्जमा थप १६ जनाको गयो ज्यान


२ जेष्ठ २०७८, आईतवार
28 Shares
narayani hospita
dav

वीरगञ्ज, २ जेठ । कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप १६ जनाको ज्यान गएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १–१ जनाको मृत्यु भएको हो । मृतक मध्ये पर्साका ६, बाराका ७, रौतहट र सर्लाहीका १–१ जना र एकजना भारतीय नागरिक पनि छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नारायणी अस्पतालमा मात्रै १० जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
सर्लाहीको बरहथवा नगरपालिका–५ की ४७ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । वैशाख २१ अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । उपचारको क्रममा आइतबार बिहान साढे ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७