युरोकपमा इटलीको विजयी शुरुवात, टर्की ३–० गोलले पराजित


२९ जेष्ठ २०७८, शनिबार
itlay PyXRtUMJUS

काठमाडौं, २९ जेठ । युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि शुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–० गोलले सहजै हराउन सफल भयो ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एक–एक गोल गरे ।

itlay 1 gaQw2Mbnth

इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७