हाकिमलाई ज्यान मार्ने धम्की दिएर १५ लाख रुपैयाँ फिरौती माग्ने कार्यालय सहयोगी पक्राउ


३ असार २०७८, बिहीबार
124d46ab5d77333c871910e9e3a8ece7 w1000 h500 cp

बारा, ३ असार । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेशप्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

फिरौती रकम माग गरी एक घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनि पटक पटक फोन तथा मेसेज गरी फिरौती माग गरेको प्रहरीले जानकारी दिएको छ । अडियोसहितको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७