मुस्ताङको भिडियोको विश्व चर्चा, डब्ल्युएचओ महानिर्देशक टेड्रोसले लेखे–‘हिरोहरु’


५ असार २०७८, शनिबार
who

काठमाडौं, ५ असार । नेपालको मुस्ताङको लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ ।
कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्वीटरमा भेटिएको उक्त सानो टिकटक क्लिपको विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेयससले समेत तारिफ गरेका छन् ।

ट्वीट ट्रेडोसले लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, के यो न्याय होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित गर्नु ?’ उनले थप लेखेका छन्, ‘यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले ।’

असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए । उक्त भिडियोमा स्वास्थ्यकर्मीले खोप खोलाबाट तार्न गरेको संघर्ष छ । मनसुन शुरु भएसँगैं खोला बढेको छ र तर्न पुल छैन् । त्यहाँ लठ्ठीको भरमा खोप तारिएको छ । मुस्ताङमा मात्रै होइन देशका विभिन्न ठाउँमा मनसुन सुरु भएसँगैं खोप लगाउन स्वास्थ्यकर्मीलाई समस्या भएको छ ।

जेष्ठनागरिकहरूको लागि कोभिड १९ विरूद्ध खोपको दोस्रो डोज लैजाने क्रममा लेतेको छापताङ् खोला बढे पछि यसरी लगिएको थियो । देशभरी मनसुन भएपछि सबै खोलाहरु बढेको थियो । लेतेको छापताङ् खोला तारेर खोप असार १ मा लगिएको थियो । यसरी लैजाने स्वास्थयकर्मी लालबहादुर रोकाया लगायतका टोली हुन् । भने अन्जली थकालीले टिकटकमा हालेको भिडियो सविन केसीले खिचेको बताएका छन् ।

भिडियो

@anjilathakali

लेतेको छापताङ् खोला बढेकोले जेष्ठनागरिकहरूको कोभिड १९ विरूद्ध खोपको दोस्रो डोज ल्याउनको लागि गरिएको सङ्घर्ष (२०७८/०३/०१) । ##mustangmuser ##fyp ##foryou

♬ original sound – 💫_K.p.Rajkumar_😍

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७