७९ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ


१२ असार २०७८, शनिबार
ganja 1

मकवानपुर, १२ असार । मकवानपुरको राक्सिराङबाट ७९ किलो लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका–५ परेवाभिर सडक खण्डबाट उक्त परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–९ बस्ने बर्ष २० को प्रताप स्याङतान र कैलाश गाउँपालिका–२ बस्ने बर्ष ४३ लालबहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो १ बजेको समयमा परेवाभिरको सडक खण्ड हुँदै मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरीतर्फ ल्याउँदै गरेको लागुऔषध गाँजासहित दुई जनालाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।

८/९ जनाको टोलीमा बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेका व्यक्तिहरुलाई चेकजाँच गर्दा उनीहरुबाट उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिएको र अन्य व्यक्तिहरु गाँजाको भारी फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । फरार रहेका उनीहरुको खोजी कार्य भइरहेको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७