सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च, रातो बत्ति बालियो


१९ असार २०७८, शनिबार
saptakoshi river
फाइल फोटो

सप्तरी, १९ असार । सप्तकोशी नदीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । आज (शनिबार) बिहान पानीको बहाव प्रतिसेकेण्ड एक लाख ८० हजार क्युसेक पुगेको हो ।

सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजमा खताको संकेत स्वरुप रातो बत्ति बालिएको छ । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण त्रसित बनेका छन् । पानीको बहाव उच्च हुँदा समेत भारत सरकारले कोसी ब्यारेजका ५६ मध्य २८ वटा मात्र ढोका खोलेको छ ।

सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोशी आसपासका क्षेत्रका बस्ती डुवान हुने त्रास बढेको छ । सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

भारत सरकारको नियन्त्रणमा रहेको कोशी व्यारेजमा पानीको बहाव उच्च हुँदा समेत सबै ढोका नखोलिएका कारण कोशी आसपासका सर्वसाधारण त्रसित भएको कोशी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले जानकारी दिए ।

यसअघि २०६५ साल भदौ २ गते सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो । कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरिपुर, हरिपुर, पश्चिम कुशाहा र लौकहीमा हजारौ विघा खेतीयोग्य जमिन मरुभूमि बनाउनुका साथै ५ हजार भन्दा बढी घर परिवारको विस्थापित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७