काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक बस्दै


२० असार २०७८, आईतवार
kathamandu 1 scaled

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । कोरोना भाइरस संक्रमण महामारी मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको ठहर गर्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।

उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज (आइतबार) दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

‘आज ३ बजे हामी बैठक बस्दैछौं,’ सीडीओ भट्टराईले भने, ‘साँझ ५ बजेसम्ममा निर्णय सार्वजनिक गर्छाैं ।’ उनका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ ।

यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिंदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।

यस पटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ मा शुरु निषेधाज्ञा पकट पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ । कोरोना संक्रमण नियन्त्रण भइनसकेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको उपत्यकाका सीडीओहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७