ब्ल्याकबोर्डमै कम्प्युटर पढाए


१७ फाल्गुन २०७४, बिहीबार
teaching microsoft ghana

सुन्दा अचम्म लाग्ने यत्रो प्रविधिको विकास भैसक्दा पनि ब्ल्याकबोर्डमा कम्प्युटर पढाए भन्दा । तर, वास्विक हो घानाको एक शिक्षकले ब्ल्याकबोर्डमै कम्प्युटर शिक्षा पढााएका छन् । घाना कुमासीका रिचार्ड अपिया ओकोटा नाम गरेको एक शिक्षकले ब्ल्याकबोर्डमा माइक्रोसफ्ट वर्ड प्रोग्रामको चित्र बनाएर पढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

teaching microsoft ghana
तस्बिर: क्वार्ज

फेब्रुअरीको मध्य तिर पढाइएको उक्त तस्बिर अनलाइन सञ्चारमाध्यममा निकै चर्चा बनेको छ । उक्त स्कुलमा सूचना प्रविधिको पढाइ हुने भएकोले कम्प्युटर अभावको कारण पाइएको थियो । उनले पढाइसके पछि सामाजिक सञ्जालमा कम्प्युटर शिक्षा पढाइ रमाइलो भएको भन्दै पोस्ट गरेपछि हजारौँले शेयर गरेका थिए । ओकोटोले फेसबुकमा फोटो पोस्ट गर्न अत्यान्तै रुचाउने गरेको व्यक्त गरेका छन् । उनले भने, ‘म फेसबुकमा फोटो पोस्ट गर्न मन पराउँछु, अरूजस्तै यो फोटो पनि सेयर गर्नुपर्छ भन्ने लाग्यो । तर मलाइ थाहा थिएन यसले मानिसहरूको यसरी ध्यान आकर्षित गर्छ भनेर ।’

ghana microsoft teacher 3 resize md

आफ्नो विधार्थीलाई धेरै माया गर्ने पनि एक सञ्चारमाध्यमले उल्लेख गरेको छ । अफ्रिकी सञ्चारमाध्यम क्वार्जमको अनुसार ओकाटोले पढाउने स्कुलमा सन् २०११ देखि कम्प्युटर छैन । तर यहाँका विद्यार्थीहरूले सूचना प्रविधि विषय उत्तीर्ण गर्नका लागि यो पढ्नैपर्ने बाध्यता छ । क्वार्जसँग ओकोटोले भनेका छन्, ‘यस्तो चित्र बनाएको मैले पहिलोपटक बनाएको होइन, म कक्षाकोठामा भएको बेला जहिले पनि बनाउनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७