नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा


२६ असार २०७८, शनिबार
novak WwiWlZ9nYq

काठमाडौं, २६ असार । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । गए राति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

जोकोभिचले सापोभालोभलाई तीन शून्यको सोझो सेट ७–६, ७–५ र ७–५ को सेटमा हराएका हुन् ।

जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्ने छन् । पहिलो सेमिफाइनलमा पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७