भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा छापा


७ श्रावण २०७८, बिहीबार
dainik bhaskar office JF3vaTvVRk

नयाँदिल्ली, ७ साउन । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा आज (बिहीवार) बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ ।

सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेका छन् । सुरभीले बीबीसीसँग भनेका छन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यति मात्र बताउन सक्छौं ।’

दैनिक भास्करका नेशनल एडिटर लक्ष्मी प्रसाद पन्तले सीबीडीटीको टोली जयपुर कार्यालयमा पुगेको खबर प्राप्त भएको छ । दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो । दैनिक भास्करले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले कोभिड महामारी व्यवस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको थियो ।

दैनिक भास्करको कार्यालयमा छापा मारिएको विरोधमा विपक्षीले नाराबाजी गरेपछि दुवै सदन स्थगित गरिएको छ । दुवै सदन दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीले दैनिक भास्कर कार्यालयमा छापा मारेर मिडियालाई डराउने काम गरेको आरोप पनि लगाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७