९९ वर्षीयले पौडीमा नयाँ कीर्तिमान राखे


१९ फाल्गुन २०७४, शनिबार
swimming

एजेन्सी,अस्ट्रेलियाका एक एक जना ९९ वर्षीय पौडीबाजले नयाँ विश्व कीर्तिमान राखेका छन् । उनले आफ्नो उमेर समूहको ५० मिटर फ्रीस्टाइलमा नयाँ विश्व कीर्तिमान राखेको हो । जर्ज करोनिसले क्वीन्स्ल्यान्डमा भएको एउटा कार्यक्रममा ५० मिटरको दुरी ५६.१२ सेकन्डमा पूरा गरेका हुन् जुन १००(१०४ वर्षको समूहमा नयाँ कीर्तिमान हो ।

swimming
तस्बिर: बीबीसी

उनले सन् २०१४ मा कायम भएको कीर्तिमानलाई ३५ सेकन्डले भङ्ग गरेका हुन् । खेलकुद हेर्ने निकायले यसलाई पुष्टि गर्न भने बाँकी नै छ । करोनिस आउँदो अप्रिलमा १०० वर्ष लाग्ने हुँदा यो नयाँ कीर्तिमानका लागि योग्य मानिन्छन् ।

उत्साह
यो नतिजाबाट आफू अति उत्साहित भएको उनको भनाइ छ । यो मेरा लागि उदाहरणीय पौडी थियो, एकदमै सन्तुलित थियो, उनले भने । उनका अनुसार आफूले उक्त कीर्तिमान राख्दा बुधवार गोल्ड कोस्टमा ठुलो आवाज निकालिराखेको भिड देखेर उनी भावुक भएका थिए ।पुरानो कीर्तिमानलाई चुनौती दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो र त्यसमा उनको मात्रै सहभागिता थियो ।

व्यायाम
ब्रिस्बेनमा बस्ने करोनिसलाई सानो उमेरदेखि नै पौडी मन पर्थ्यो। उनले ८० वर्षको उमेरमा फेरि पौडी खेल्न थाले । उनले दोस्रो विश्वयुद्ध सुरु हुँदा पौडी खेल्न छोडेका थिए। तर पछि शारीरिक अभ्यासका लागि वृद्धावस्थामा पौडी खेल्न थाले । उनी हप्तामा तिन चोटि पौडिन्छन् र व्यायामशाला पनि जान्छन् । यो उमेरमा सक्रिय रहन केही समय लाग्छ । तपाईँ सजिलै थाक्न सक्नुहुन्छ। तर विचार पुर्‍याएर गर्ने हो भने यसले राम्रो पुरस्कार दिन्छ, उनले भने ।

उनले आफ्नो सफलताको श्रेय गति र शैलीलाई दिए । शनिवार राति फेरि उनले १०० मिटर फ्रीस्टाइलको कीर्तिमानलाई चुनौती दिनेछन् । विद्यमान ०३:२३:१० को कीर्तिमानलाई भङ्ग गर्न सक्ने उनको विश्वास छ । म कुनै पनि हिसाबले तरुनो मान्छे हैन। तर म यसका लागि तयार छु र राम्रो गर्नसक्छु भन्नेमा विश्वस्त छु। बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७