सर्लाहीमा पोखरीमा भेटियो, आमा, छोरा र छोरीको शव


१३ श्रावण २०७८, बुधबार

सर्लाही, १३ साउन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित एक पोखरीमा एक महिला र उनका दुई सन्तानको शव शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, उनका १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।

गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रिकेवादेवीको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन् ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर फर्किएका छैनन् । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनीहरुको आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७