शेखरको चिन्ता : कांग्रेसको वैधानिकता समाप्त हुँदैछ भन्ने हेक्का हामीलाई छ कि छैन ?


१४ श्रावण २०७८, बिहीबार
shekhar koirala

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औं महाविधेशन भदौ १९ मा गरिसक्ने भनिए पनि त्यसअनुरूप प्रक्रिया अघि नबढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ । तर पूर्व निर्धारित कार्य तालिकाको पालना भएको छैन । अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन’, बिहीबार बिहान वक्तव्य जारी गर्दै नेता कोइरालाले भनेका छन्, ‘यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ । पार्टीको सम्पूर्ण साथीहरूमा गहिरो चिन्ता छाएको छ ।’

संविधानतः भदौ २३ बाट कांग्रेसको वैधानिकता नै समाप्त हुने भएकाले तोकिएको मितिमा महाधिवेशन सक्न उनले पार्टीका नेता-पदाधिकारीहरूलाई सजग पनि गराएका छन् ।

‘संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हेक्का हामीलाई छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात् पदाधिकारी र पूर्व पदाधिकारीहरूको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो’ कोइरालाले भनेका छन्, ‘संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नु पर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ ।

shekhar 14 qmUOfFaPVu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७