क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्छु : पारस खड्का

‘मेरो जीवनकालमै नेपाल टेस्ट राष्ट्र बनोस् भन्ने चाहना छ’


२० श्रावण २०७८, बुधबार
parash khadga 1

काठमाडौं, २० साउन । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउन सक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भए मात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ ।

आज (बुधबार) पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए । खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए । उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताएका छन् । उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताए ।

‘मेरो जीवनकालमै नेपाल टेस्ट राष्ट्र बनोस् भन्ने चाहना छ’
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पूर्व कप्तान खड्काले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताएका छन् ।

खड्काले नेपाललाई टेस्ट राष्ट्रको रुपमा हेर्न चाहेको बताए । उनले भने, ‘सन् २००५ मै नेपालले एक दिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेस्ट खेल्थें होला । तर, त्यसो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७