‘बजेटमा १२ ठाउँमा स्मार्ट शहर बनाउने भनेर एक करोड छुट्याइएको छ’


२४ श्रावण २०७८, आईतवार

काठमाडौं, २४ साउन । शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रममा बजेट विनियोजन नभएको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतवारको बैठकमा बोल्दै उनले बजेट वक्तव्यमा समावेश गरिएका सबै कार्यक्रमका लागि बजेटको व्यवस्था नभएको प्रष्टयाएका हुन् । बजेटमा देशभर १२ ठाउँमा स्मार्ट शहर बनाउने भनिएको छ तर बजेट १० लाख रुपैयाँका दरले मात्र विनियोजन गरिएको उनको जानकारी गराए । ‘१२ अर्ब बजट विनियोजन हुुनपर्नेमा जम्मा एक करोड रुपैयाँ मात्रै विनियोजन भएको छ’, सचिव सिंहले भने ।

यस्तै हनुमानढोकादेखि स्वयम्भूनाथसम्मको सांस्कृतिक पदमार्ग निर्माण गर्ने भनेर बजेट वक्तव्यमा भनिएको छ तर रकम विनियोजन भएको वार्षिक कार्यक्रममा त्यस्तो कुनै कार्यक्रम नै समावेश नभएको सचिव सिंहले जानकारी दिए ।

उनले उपत्यकाको यस्ता धेरै आयोजनाको घोषणा गरिए पनि स्रोत सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको स्पष्ट पारे । सरकारले ल्याएको बजेट वक्तव्य हेर्दा कार्यक्रम थपिएको, बजेट बढेको जस्तो देखिए पनि कार्यक्रममा रकम नै विनियोजन नभएको शहरी विकास मन्त्रालयको स्पष्टीकरण छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७