पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ


२५ श्रावण २०७८, सोमबार
Rape
सांकेतिक तस्वीर

गोरखा, २५ साउन । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिकाबाट ७२ वर्षीय लेखनाथ खनाल पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा पक्राउ परेका वृद्धलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको डिएसपी प्रकाश दाहालले बताए । पीडित बालिकाले आमालाई घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी गरेकी थिइन् ।

प्रहरीले साउन २४ गते उनलाई पक्राउ गरेको थियो । सोमबार गोरखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७