स्याललाई हानेको गोली लागेर छोराको मृत्यु


३० श्रावण २०७८, शनिबार
bharuwa banduk

पाल्पा, ३० साउन । पाल्पाको रब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको बयान प्रहरी समक्ष दिएका छन् । प्रहरीले एक नाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७