तालिवान विद्रोहीद्वारा अफगानी राष्ट्रपति कार्यालय कब्जा


३२ श्रावण २०७८, सोमबार
kabul

काबुल, ३२ साउन (एजेन्सी) । तालिवान विद्रोहीहरुले अफगानी राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् । रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् ।

राष्ट्रपति अशरफ गनी आइतवारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो। आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् ।

अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो। तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन्।

काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ । तालिवानले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।

स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति गनीले आफ्ना सहयोगीहरू सहित देश छोडेका हुन्। राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७