अमेरिकाको पहुँचमा रहेको अफगानको सम्पत्ति तालिबानलाई नदिइने


१ भाद्र २०७८, मंगलवार
talibans

काठमाडौं, १ भदौं । अमेरिकी खातामा राखिएका अफगानिस्तानका कुनै पनि सम्पतिमा तालिबानलाई पहुँच नदिइने अमेरिकाले जनाएको छ । अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासनका एक अधिकारीले बताएका छन् ।

तालिबानले सहज कब्जा गरेपछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला एक अधिकारीले भने, ‘अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिबानलाई उपलब्ध गराइने छैन ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार तीमध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ । संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट भइसकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७