तालिबानलाई पन्जसिरका लडाकुको चेतावनी : यहाँ आयाैं भने मुख जमिनमा धसाइनेछ


१० भाद्र २०७८, बिहीबार
panjasir ladaku uo8sjrRAHs

काबुल, १० भदौं । अफगानिस्तानको पन्जसिर प्रान्तमा तालिबानविरोधी लडाकुको पकड बलियो छ । उनीहरूले तालिबानविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् ।

भारतको अंग्रेजी पत्रिका द टाइम्स अफ इण्डियाले अफगानिस्तानको खामा प्रेसलाई उद्धृत गर्दै उक्त खबर प्रकाशन गरेको हो । पत्रिकाका अनुसार पन्जसिरका लडाकुले तालिबानका लडाकुको मुख जमिनमा धसाई दिने चेतावनी दिएका छन् ।

खबरअनुसार तालिबानविरोधी एक लडाकुले पहिलेको जित स्मरण गर्दै तालिबानका लडाकुको मुख भुइँमा रगडिदिने उद्घोष गर्दा उनका सहकर्मीले ‘अल्लाह हो अकबर’ को नारा लगाएका थिए । ती सबै लडाकु नेसनल रेजिस्टेन्स फ्रन्ट (एनआरएफ) का हुन्, जो तालिबानले काबुल कब्जा गरेपछि तालिबानविरोधी सबैभन्दा बलियो मोर्चा बनेको छ ।

खबरअनुसार तालिबानको कब्जापछि अफगानिस्तानको सेनाले आत्मसमर्पण गरेपछि कैयौं सैनिक उक्त संगठनमा सामेल भएका छन् । पन्जसिरका लडाकु आफ्नो क्षेत्रलाई अर्काे शक्तिको नियन्त्रणमा जानबाट रोकिरहेका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट ९० माइल उत्तरमा पर्ने पन्जसिर हिन्दुकुश पर्वतले चारैतिर घेरिएको विशेष उपत्यका हो । यही भौगोलिकताका कारण पन्जसिरमा यस क्षेत्रमा कुनै आक्रमणकारी प्रवेश गर्न खोजे पहाड माथिबाट मेसिनगनको सिकार हुनुपर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७