भदौ १४ गते सार्वजनिक बिदा


११ भाद्र २०७८, शुक्रबार
griha home

काठमाडौं, ११ भदौं । सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ । अघिल्ला वर्ष सरकारले श्रीकृष्ण जन्माष्टमीको बिदा कटौती गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७