काठमाडौंमा कहिलेसम्ममा आउला मेलम्चीको पानी ?


१४ भाद्र २०७८, सोमबार
melamchi landslide OTrZqQYKFp

काठमाडौं, १४ भदौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्‍याएको दुई महिना बढी भएको छ । क्षति पुर्‍याएका स्थायी र अस्थायी संरचना पुनर्निर्माणको काम अघि नबढ्दा वैशाखसम्म पनि पानी आउने नआउने निश्चित छैन ।

गत असार १ गते मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाका अस्थायी र स्थायी संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । आयोजनामा पुगेको क्षतिबारे विवरण संकलन गर्दै गर्दा फेरि साउन १६ र १७ गते बाढी आएको थियो । उक्त बाढीले आयोजनास्थलसम्म पुग्न प्रयोग हुने पुल पनि बगायो ।

आयोजनाले आउदो नयाँ वर्षसम्ममा अस्थायी रुपमा काठमाडौंमा मेलम्चीको पानी आउने सम्भावना रहेको जनाएको छ । बाढीले आयोजनाको एक अर्बभन्दा बढि क्षति पुर्‍याएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र पन्त खानेपानीको हेडबक्स र सुरुङको ड्राइभर्सनमा बढी क्षति पुगेको बताउँछन् । ‘खानेपानीको क्षति पुगेको ठाउँसम्म जाने सडक बनिसकेको छैन । वर्षातको समय सकिएर त्यहाँको सडक बनिसकेपछि कात्तिक–मंसिरदेखि काम शुरु गर्ने योजना छ’, प्रवक्ता पन्तले भने ।

काकाकुल उपत्यकाबासीको दुई दशकको प्रतिक्षापछि पानी आएको थियो । उक्त पानी चैत १५ गतेदेखि तीन महिना परीक्षणका लागि धारामा पठाइएको थियो । त्यसैक्रममा ०७७ साल चैत २० गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

उद्घाटनकै दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्रमा मेलम्चीकै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने घोषणा पनि गरेका थिए । ‘वर्षातको समय भएकाले काम शुरु गर्न सकिने अवस्था छैन । अस्थायी रुपमा उपत्यकामा नयाँ वर्षसम्म पानी ल्याउने भन्ने छ । सडक बनिसकेपछि थप क्षतिको अवस्था हेर्छौ । अनि मात्रै भन्न सकिन्छ’, प्रवक्ता पन्तले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७