नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा : तालिबान


१६ भाद्र २०७८, बुधबार
taliban

काबुल, १६ भदौं । अमेरिकी सेना फिर्ता भएपछि तालिबानले केही दिनभित्रै अफगानिस्तानमा नयाँ सरकार बन्ने बताएको छ । सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको तालिबानका नेता अनस हक्कानीले बताए ।

‘अबको केही दिनमै सरकार गठन हुनेछ,’ उनले भने । तर, अहिले नै को को मन्त्री बन्दैछन्, भन्न नसकिने उनले बताए । ‘हामीले ९० देखि ९५ प्रतिशत तयारी सकेका छौं, र केही दिनभित्रै घोषणा गर्नेछौं’, उनले भने ।

काबुल विमानस्थलबाट गत राति अमेरिकी सेना फिर्ता भएसँगै २० वर्षपछि अफगान युद्ध समाप्त भएको छ । मंगलबार बिहानै तालिबानले विमानस्थल नियन्त्रणमा लिएको छ । थुप्रै अफगान नागरिक मुलुकमा अब १९९६–२००१ कठोर शासन फर्किने चिन्तामा छन् । अल जजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७