तालिबानले आज नयाँ सरकार घोषणा गर्ने, यस्तो हुनेछ ढाँचा


१९ भाद्र २०७८, शनिबार
taliban sarkar l4LciTZf1b

काबुल, १९ भदौं । अफगानिस्तानमा आज (शनिबार) तालिबानले नयाँ घोषणा गर्ने भएको छ । शुक्रबारै घोषणा गर्ने भनिए पनि तालिबानका शीर्ष नेताले स्थगन गरेका थिए । अब आफ्नो नेतृत्वको सरकार आज घोषणा गरिने तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन् ।

तालिबान स्रोतका अनुसार सरकारको नेतृत्व तालिबानका सहसंस्थापक एवं दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरले गर्नेछन् । मुल्ला बरादरसँगै तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकुब र शेर मोहम्मद अब्बास स्टेनजकईले पनि सरकारमा महत्त्पूर्ण भूमिका पाउने छन् ।

तालिबानका सूचना तथा संस्कृति आयोगका वरिष्ठ अधिकारी मुफ्ती इनामुल्लाह सामंगानीले सबै शीर्ष नेता राजधानी काबुल आइसकेको र नयाँ सरकार घोषणाको अन्तिम तयारी रहेको बताएको छन् । उनका अनुसार सरकार गठनका लागि आपसी सहमति भइसकेको छ । मन्त्रिमण्डलका विषयमा केही आवश्यक छलफल जारी छ ।

इस्लामिक ढाँचाको सरकार
एक वरिष्ठ तालिबान अधिकारीका अनुसार संगठनका सर्वाेच्च नेता हबतुल्लाह अखुन्दजादाले धार्मिक पक्ष र इस्लाम दायरामा रहेर इरानी शैलीको राज्य व्यवस्थाको ढाँचा तयारीमा ध्यान केन्द्रित गरेका छन् । प्राप्त जानकारीअनुसार नयाँ तालिबानी सरकारमा १२ जना मुस्लिम विद्वान रहेको सुरा वा सल्लाहकार परिषदसँग २५ मन्त्री हुनेछन् ।

६ महिनादेखि ८ महिनाभित्र एक लोया जिरगा अर्थात् महासभा बोलाउने योजना पनि बनाइँदै छ, जहाँ संविधान र आगामी सरकारको संरचनाबारे छलफल गर्न अफगान समाजका बूढापाक र प्रतिनिधिलाई सहभागी गराइनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७