शेयर बजार १४७ अंकले घटेपछि ४० मिनेटलाई रोकियो कारोबार


२० भाद्र २०७८, आईतवार
pahiro share1614065295

काठमाडौं, २० भदौं । केही महिनायता निरन्तर उकालो लागिरहेको शेयर बजारले फेरि नकारात्मक संकेत देखाउन थालेको छ । नेपालको शेयर बजारमा एकै दिन सबैभन्दा ठूलो गिरावट भएपछि लगानीकर्तामा खैलाबैला मच्चिएको छ ।

साताको पहिलो दिन आइतवार शेयर बजारमा १४५ अंकको पहिरो गएको छ । शेयर बजार १४७.३१ अंकले घटेपछि कारोबार नै ४० मिनेटका लागि रोकिएको छ । कारोबार शुरु भएको करिब २ घण्टामा बजार ५.०३ प्रतिशतले घटिसकेको छ ।

एक साताअघिसम्म उत्साहजनक रुपमा बढिरहेको शेयर बजारमा एक वर्षयता आइतवार दोस्रो पटक नेगेटिभ सर्किट लागेको छ ।
नेपालमा यसभन्दा पहिले एकै दिन १२३ अंकको गिरावट देखिएको थियो । तर पहिलो पटक १४७ अंकको गिरावट आइतवार भएको छ ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा गत वर्ष पुस ५ गते सेयर बजारमा ९७ अंकको गिरावट देखिएको थियो । आइतवार जारी कारोबारका क्रममा ७ अर्ब रुपैयाँको किनबेच भइसकेको छ । नेप्सेमा आइतवार दिउँसो १ बजेसम्म अधिकांश कम्पनीको मूल्य नकारात्मक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७