इङलिस प्रिमियर लिग : लिभरपुल विजयी, सलाहको एक सय गोल पूरा


२८ भाद्र २०७८, सोमबार
leaverpool vs leads YElVIkAWsc

काठमाडौं, २८ भदौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
गए राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाइटेडलाई पराजित गरेको हो ।

लिभरपुलका लागि मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एक-एक गोल गरे । सलाहले प्रिमियर लिगमा एक सय गोल पूरा गरेका छन् ।
जितसँगै ४ खेलमा १० अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने लिड्स युनाइटेड २ अङ्क जोडेर १७ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७