प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


२९ भाद्र २०७८, मंगलवार
deuwa cabinet 1

काठमाडौं, २९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।

सरकारका नियमित काम कारवाही नै बैठकका मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेस सभापति समेत रहेका देउवा प्रधानमन्त्री बनेको ६० दिन पूरा भइसकेको छ । तर, अझै मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसापा) र नेकपा एकीकृत समाजवादी पार्टीले थप मन्त्रीको नाम नदिंदा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७