ठगी मुद्दाका फरार १५ वर्षपछि पक्राउ


२ आश्विन २०७८, शनिबार
pakrau
फाइल फोटो

काभ्रे, २ असोज । प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि विदुरराज गिरी फरार भएका थिए ।

फैसला कार्यान्वयनको शिलशिलामा शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७