ताप्लेजुङका भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२ को उपाधि


२ आश्विन २०७८, शनिबार
Bharat mani Paudel

काठमाडौं, २ असोज : कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले चुमेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि हात पारेका हुन् ।

उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर(अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् ।

भरतको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति निकै रूचाइएका थिए ।

गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। उनले स्कुटर जितेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७