कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?


११ आश्विन २०७८, सोमबार
kathamandu

काठमाडौं, ११ असोज । आज (सोमबार बिहान ६ बजे) गण्डकी र लुम्बिनी प्रदेशमा मौसम सामान्य (धेरैजसो आकाश बादलले ढाकेको, केही मात्र खुला) देखि पूर्ण (पूरै आकाशमा बादल) सम्म बदली रही बाँकी स्थानमा आंशिक (थोरै आकाशमा बादल, धेरैजसो खुला) देखि सामान्यसम्म बदली अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७