प्रतिनिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा


११ आश्विन २०७८, सोमबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, ११ असोज । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दै छ ।

आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको ‘विनियोजन विधेयक–२०७८’ सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।

संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक यस अघि नै पारित भइसकेको छ। आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७