वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने


१२ आश्विन २०७८, मंगलवार
Barsaman Pun

काठमाडौं, १२, असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ लाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बैंकक लगिन लागिएको हो ।

पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उनलाई बैंकक लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जण्डिस देखिएपछि समस्या भए लगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

स्रोतका अनुसार उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए । सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो । पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो ।

बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान वर्षमानलाई भेट्न उनको खुमलटारस्थित निवास पुगेका थिए । यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो । त्यसबेला पनि उनलाई बैंककमै एक महिना लामो उपचार गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७