वीरगञ्ज भन्सार : दुई महिनामै ४० अर्ब राजस्व संकलन


१३ आश्विन २०७८, बुधबार
21 Shares

वीरगञ्ज, १३ असोज । मुलुककै सबैभन्दा ठूलो वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८ / ७९ को हालसम्म ४० अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको साउन १ देखि असोज १० गतेसम्म ४० अर्ब ६५ करोड रुपैयाँ भन्दा धेरै रााजस्व संकलन गरेको हो । कार्यालयका अनुसार चालु आवमा एक खर्ब ९८ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य थियो। हालसम्म वार्षिक लक्ष्यको २० दशमलव पाँच प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

चालु आवको गत साउन र भदौ गरी दुई महिनामा २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकामा करिब पाँच अर्ब बढी आर्थात् ३२ अर्ब ५३ करोड राजस्व सङ्कलन भएको देखिन्छ । यो लक्ष्यभन्दा करिब १८ प्रतिशतले बढी भएको पौडेलले बताए ।

गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । त्यसबेला १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व लक्ष्य पाएकामा १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व सङ्कलन भएको थियो ।

jagdamba.cement
rbbbb

वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, सवारी साधन, एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, मोबिल लुब्रिकेन्ट्स, तयारी कपडा, बस ट्रकका चेचिसलगायत सामानको आयात हुँदै आएको छ । सो नाकाबाट दैनिक करिब ८०० ट्रकमा सामान आयात हुने गरेको छ भने करिब १०० ट्रकमा सामग्री निर्यात हुने गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७