नेकपा (एस) का अध्यक्ष नेपाल अस्वस्थ


१३ आश्विन २०७८, बुधबार
154 Shares
Madhav nepal 1
फाइल फोटो

काठमाडौं, १३ असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाल तीन दिन अघिदेखि अस्वस्थ भएर नेपाल आफ्नै घरमा आराम गरिरहेका छन्

अध्यक्ष नेपालको सचिवालयका अनुसार नेपाललाई रुघा, खोकी र ज्वरो आएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार आइरहेको सचिवालयको भनाई छ । अध्यक्ष नेपाल अस्वस्थ भएपछि मन्त्रिपरिषद विस्तारको बिषयको थप छलफल हुन सकेको छैन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन्। कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।  गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाको मन्त्रीमण्डलमा अहिलेसम्म ५ जना मन्त्री र एक राज्यमन्त्री छन्।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७