शान्ति प्रक्रियाको १५ वर्षपछि पनि हामीमाथि जनयुद्धकै जस्तो घेराबन्दी हुँदैछ : प्रचण्ड

‘सम्भवतः आजभोलि नै सरकार विस्तार हुन्छ’


१४ आश्विन २०७८, बिहीबार
63 Shares
Prachanda 2

काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजभोलि नै सरकार विस्तार हुन सक्ने बताएका छन् । शहीद प्रतिष्ठान नेपालको १२ औं साधारण सभालाई काठमाडौंमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको बेला प्रचण्डले आजभोलि नै सबै कुरा टुंगिने बताए । ‘हामीले ऊर्जा र अर्थ मन्त्रालय लिएका छौं । अरु मन्त्रालय सम्भवतः आजभोलि नै टुंगिने छ’, उनले भने, ‘अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्ने छौं ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनका उपलब्धी उल्ट्याउन खोज्नेविरुद्ध आफूहरुले जितेको बताए । ‘हामीले प्रतिगामीविरुद्धको लडाइँ जितेका छौं, त्यो पनि एउटा जनयुद्ध नै हो’, उनले भने, ‘हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो। भिन्न रुपको जनयुद्ध नै हामीले जितेका थियौं ।’

शान्ति प्रक्रियाको १५ वर्षपछि पनि पनि आफूहरुलाई अझै घेरा हाल्ने काम भइरहेको दाबी प्रचण्डले गरेका छन् । ‘शान्ति प्रक्रियापछिको १५ वर्षपछि उनीहरुले हामीलाई घेरा हालिरहेका छन् । घेरा तोड्ने र प्रतिरोध गर्ने अभियानमा हामी छौं’, उनले भने, ‘हामी सरकारको साझा न्यूनतम् कार्यक्रममा कम्तीमा जनयुद्धका शहीदबारे ठोस निर्णय लिन्छौं । सत्य निरुपण तथा बेपत्ता आयोगलाई सक्रिय बनाएर राहत प्रक्रिया अघि बढाउँछौं ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७