एमाले विधान महाधिवेशन व्यवस्थित गर्न ५ कमिटी, १० समूह


१६ आश्विन २०७८, शनिबार
Bidhan Mahadibesan Kp Oli

काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशनलाई व्यवस्थित गर्न पाँच कमिटी गठन गरिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको सो महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ ।

त्यसरी गठन गरिएका कमिटीहरुमध्ये अध्यक्ष मण्डल कमिटीको अध्यक्षमा केपी शर्मा ओली रहेका छन् भने सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन् ।

त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी, सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे रहेकी छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७