आगलागी हुँदा २५ भेडाका पाठासहित भाँडाकुँडा जलेर नष्ट


१९ आश्विन २०७८, मंगलवार
Jumla Photo vedigoth Nastha Photo 9nq0BuSbkR

जुम्ला, १९ असोज । जुम्लाको हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुँदा दुई दर्जन बढी भेडाका पाठासहित सामग्री सबै जलेर नष्ट भएका छन् ।

हिमा गाउँपालिका–२ को लेकमा रहेको खर्कमा दिउँसो आगलागी हुँदा खर्कमा राखिएका २५ पाठा मरेका किसान वीरबहादुर शाहीले जानकारी दिए । उनका अनुसार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पूरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० बढी राडी कम्बल, अन्य लगाउने र बिछ्याउने लत्ता कपडा र भाँडाकुँडा समेत जलेर नष्ट भएका छन् ।

भेडापालक किसान दत्तबहादुर शाहीका तीन, धनबहादुर रोकायाका तीनसहित १२ जना किसानका २५ पाठा जलेर मरेको जानकारी गरिएको छ । किसानहरुले क्षतिको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएका शिक्षक खम्बा शाहीले जानकारी दिए । करिब ४ हजार मिटर उचाइमा रहेको खर्क नै जलेर नष्ट भएपछि ओत लाग्ने ठाउँ नहुँदा आगो बालेर राति कटाएको किसानहरुले बताएका छन् । चिसो बढी सकेको र धेरै सामूहिक खर्क जलेर नष्ट भएपछि दुःख भएको किसानहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७