कांग्रेस नेता सिंह र विप्लवबीच चाक्सीबारीमा भेटवार्ता


२० आश्विन २०७८, बुधबार
prakashman biplav2021 10 06 02 07 03

काठमाडौं, २० असोज । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको चन्दको सचिवालयले जनाएको छ । दुई नेताबीच सिंह निवास चाक्सीबारीमा बुधबार बिहान भेट भएको हो ।

विप्लवले यसअघिको केपी ओली नेतृत्वसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएका छन् । उनले अघिल्लो सरकारसँगको सहमति कार्यान्वयन गर्दै आफ्नो पार्टीका बन्दीहरुलाई रिहाइ गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७