आइपीएल : हैदराबादलाई हराए पनि मुम्बई बाहिरियो


२३ आश्विन २०७८, शनिबार
haidarabad uvjeaSpSjA

काठमाडौं, २३ असोज । मुम्बई इण्डियन्स आईपीएल क्रिकेटबाट बाहिरिएको छ । गए राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले हराए पनि समान १४ अङ्क रहेको कोलकाता भन्दा कम रनरेट भएपछि मुम्बई बाहिरिएको हो ।

कोलकाता भने अघिल्लो चरणमा पुगेको छ । गए राति मुम्बईले दिएको २३६ रनको लक्ष्य पछ्याएको हैदराबादले आठ विकेट गुमाएर १९३ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ६९ रन बनाए । यसअघि इशान किसनको ३२ बलमा ८४ र सूर्यकुमार यादवको ४० बलमा ८२ रनको मद्दतमा मुम्बईले २३५ रन बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७