बझाङमा अब साइपालको मात्र मत गन्न बाँकी : कांग्रेस भन्दा एमाले ३४२ मतले अगाडि


१७ बैशाख २०८१, सोमबार
bhajang candidate

बझाङ । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारी ११ हजार १०३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।

उनीहरुबीचको मतान्तर ३४२ छ । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन् । तलकोट गाउँपालिका मतगणना सकिएको छ । अब साइपाल गाउँपालिकाको मत मात्रै गन्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७