प्रजातन्त्रको विकल्पमा कसैले अरु सपना नदेखे हुन्छ : प्रधानमन्त्री


२४ आश्विन २०७८, आईतवार
sherbahadur deuba 767N2m5d4M

पोखरा, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । ‘सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक केही हुन सक्दैन । कसैले अरु कुनै सपना नदेखे हुन्छ । प्रजातन्त्रको लागि लडेको पार्टी हो’, गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यहाँ केही कुरा आएका छन् । जनताले जनताको नाम लिन्छन् । जनताले मान्दैनन् । जनताले हो भन्छन्, जनताले भोटबाट देखाइहाल्छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।’

आफूमाथि प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएको र लोकतन्त्र कमजोर बनाएको आरोप लागिरहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो । आफूसँग बोल्ने विषय धेरै नभएको बताउँदै उनले पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको उल्लेख गरे । देउवाले अर्कोतिर छिटो छरितो विकासका कामहरु अगाडि बढाउनु आवश्यक भएको पनि बताए । फरक प्रशंगमा उनले देश कोभिडबाट मुक्त भइनसके पनि नियन्त्रणको दिशामा अगाडि बढेको बताए ।

‘अहिले अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद दिएको छ’, उनले भने,‘कोभिड कन्ट्रोल गरेकैले नेपालीलाई बेलायत जान र बेलायती पर्यटक नेपाल आउने अवस्था बनेको छ ।’

नेपालको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा राखिएको एवं राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक प्रतिवद्धता गरिएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले साक्षरता भनेको नागरिकको सचेतना भएको बताए ।

यसअघि त्यही मञ्चबाट बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनतामा चेतनास्तर नबढ्दा नेताहरु पनि स्तरीय नहुने बताए । उनले त्यहीकारण नेतृत्वमा एउटै व्यक्ति दोहोरिने सम्भावना रहने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७